खेलकूद

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

हिमालय टिभी
२०८३ कार्तिक १३ गते १७:४३
एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ दशलमव ३ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनाएको थियो । ११६ रनको जवाफी ब्याटिङ गरेकाे जनकपुर बोल्ट्सले १७ दशमलव २ ओभरमा केवल दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

जारी सिजनमा दोस्रो खेल खेलेको जनकपुरको यो पहिलो जित हो । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमान्डुले भने तेस्रो सिजनको शुरूआत हारबाट गरेको छ । जनकपुरको जितमा ओपनर ब्याट्सम्यान मोइन अलीले अविजित ५८ रनको योगदान गरे ।

जारी सिजनको एनपीएलमा अर्धशतक बनाउने उनी तेस्रो खेलाडी हुन् । यसअघि, विराटनगर किङ्सविरुद्ध चितवन राइनोजका डेविड मलानले र पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । प्रतियोगितामा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि विराटनगर ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *