आर्थिक

यूएईले बाढीपीडितका लागि पठायो ८३ टन राहत सामग्री

हिमालय टिभी
२०८३ भदौ १४ गते १६:२४
यूएईले बाढीपीडितका लागि पठायो ८३ टन राहत सामग्री

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितलाई ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ।

यूएई सहायता एजेन्सीमार्फत नेपालका लागि ८३ टन खाद्यान्न, अस्थायी आश्रय सामग्री तथा अरू अत्यावश्यक मानवीय सहायता बोकेको विमान पठाइएको हो।

यो सहायता सामग्री हालै नेपालका विभिन्न भूभागमा आएको बाढीपहिरोका कारण ज्यान गुमाएकाका परिवार, घाइते भएका, बेपत्ताको खोजबिन तथा घरबारविहीन बनेका सयौँ पीडितका निम्ति पठाइएको यूएईले जनाएको छ।

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनानुसार बाढीपहिरोपीडितको उद्धार, प्रारम्भिक पुनर्स्थापना र राहतका निम्ति विनियोजन गरिएको एक करोड अमेरिकी डलर (एक अर्ब ५२ करोड रुपैयाँबराबर) सहयोग रकमअन्तर्गत यो आपत्कालीन राहत पठाइएको हो।

यसले यो कठिन र आपत्कालीन परिस्थितिमा सबै उमेर समूहका प्रभावित मानिसलाई आधारभूत आवश्यकता र सामग्रीको उपलब्धता सुनिश्चित गर्न मद्दत पुग्ने यूएईको विश्वास छ।

नेपालस्थित यूएई दूतावास र सहायता एजेन्सीले स्थानीय निकायसँग समन्वय गरी ती राहत सामग्री द्रुत गतिमा वास्तविक पीडितसमक्ष पुर्‍याउने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *