भीम रावल एमालेबाट निष्कासित
काठमाडौं : नेकपा एमालेले भीम रावललाई पार्टीबाट निष्कासित गरेको छ ।
पूर्वउपाध्यक्षसमेत रहेका रावललाई आज बसेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै नेतृद्वय बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनालाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट हटाएको छ । रावल एमालेको १२ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । त्यसमा पराजित भएपछि उहाँ एमालेको राजनीतिमा निश्क्रिय जस्तै देखिनुभएको छ ।
यस्तै नेतृद्वय पाण्डे र तिमिल्सेनाले केही समयअघि एमाले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिने पार्टी निर्णयको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसपछि एमालेले दुवैजनासँग स्पष्टीकरणसमेत सोधेको थियो । आज बसेको एमाले बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया