एनपीएलको लिग चरणबाटै बाहिरियो रोहित पौडेलको लुम्बिनी
काठमाडौं : लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएलको लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।
आज काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनीको प्लेअफ पुग्ने चुनौती समाप्त भएको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले लुम्बिनीलाई १८ रनले हरायो ।
काठमाडौंले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोड्न सक्यो । छैटौं खेल खेलेको लुम्बिनीको यो पाँचौं हार हो । मात्र एक खेल जितेको लुम्बिनीको गणितीय हिसाबमा शीर्ष चारमा अटाउने सम्भावना सकिएको छ ।
उता चार खेलमा दोस्रो जित हासिल गरेको काठमाडौं अंकतालिकाको पाँचौं स्थानमा उक्लियो । जितले प्लेअफ यात्रामा काठमाडौंलाई सहजता थपिएको छ । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
सुदूरपश्चिम रोयल्ससँग ७२ रनको फराकिलो हार व्यहोरेसँगै जनकपुरको अपराजित यात्रा टुङ्गिएको हो । सुदूरपश्चिमले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रन बनाएर अलआउट भयो । यससँगै लगातार ४ खेलमा शतप्रतिशत जित निकालेको जनकपुरले पहिलो हार व्यहोरेको छ । जितसँगै ५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम शीर्षस्थानमा उक्लिँदा समान अंक जोडेको जनकपुर दोस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया