खेलकूद

एनपीएलमा लुम्बनीको पहिलो जित, कर्णालीसँग पोखरा स्तब्ध

हिमालय टिभी
२०८१ मंसिर २५ गते २०:०२
एनपीएलमा  लुम्बनीको पहिलो जित, कर्णालीसँग पोखरा स्तब्ध

काठमाडौं : स्पिनर विलियम बोसिस्टोको सान्दार बलिङ र अलराउन्डर गुल्सन झाको प्रभावशाली ब्याटिङमा नेपाल प्रिमियर लिग एनपिएलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध सहज जित हासिल गरेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा कर्णालीले पोखरामाथि सात विकेटको सहज जित हासिल गर्यो । पोखराले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

कर्णालीको जितमा गुल्सनले ३७ बलमा तीन चौका र चार छक्कासहित ४९ रनको अविजित पारी खेले । त्यस्तै तेस्रो नम्बरका ब्याटर चाडविक वाल्टनले ३४ बलमा ६ छक्का र एक चौकासहित सर्वाधिक ४२ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराका लागि विपीन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०३ रनको योगफल तयार पार्यो । बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि पोखरा सस्तैमा अलआउट भएको हो । बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिएका हुन् । त्यस्तै कप्तान सोमपाल कामी, विपीन शर्मा र युनिस ठकुरीको नाममा समान एक विकेट रह्यो ।

यसअघि कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित निकालेको छ । आफ्नो पाँचौ खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा आठ विकेटको नोक्सानीमा १३४ रनमात्र बनाउन सक्यो ।

चितवनका नर सार्की २२ र रिजन ढकाल १५ रनमा अविजित रहँदा लुक वेनकेन्सटेनले ३१, कप्तान कुशल मल्लले २० र रवि बोपाराले १२ रन थपे । बलिङमा लुम्बिनीका रोहित पौडेलले चार विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १६७ रन बनाएको थियो ।

उसका लागि कप्तान रोहित पौडेल र साद बिन जाफरले अर्धशतक पूरा गरेका थिए । पौडेल ८० र जाफर ५२ रनमा पेभेलिएन फर्के । त्यस्तै अर्जुन साउँदले १५ र टम मुरेसले १० रन थपे । बलिङमा चितवनका रिजन ढकालले तीन विकेट लिए । तेस्रो स्थानको चितवनले पाँच खेलमध्ये तीन खेल जितेको छ । उता पाँच खेलबाट एक खेलमा विजयी लुम्बिनी तालिकाको पुछारमा छ । लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना एकदमै न्यून छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *