खेलकूद

खेलमा बढ्दो क्रेज, छैनन् पूर्वाधार

हिमालय टिभी
२०८१ भदौ १३ गते १८:४१
खेलमा बढ्दो क्रेज, छैनन् पूर्वाधार

काठमाडौं : साफ अण्डर ट्वेन्टी च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न हजारौं समर्थक एन्फा कम्प्लेक्स सातदोबाटोमा जम्मा भए । तर साँघुरो मैदानका कारण खेल हेर्न आएका दर्शक निराश भएर फर्किन बाध्य भयो । यसले तत्काल रंगशालाको विकल्प तयार गर्न वा भएका मैदानको स्तरोन्नति गर्न दबाब बढाएको छ ।

मुस्किलले ३ हजार दर्शक अट्ने एन्फा कम्प्लेक्समा फाइनल हेर्न दोब्बर बढी दर्शक भित्र प्रवेश गरेपछि उनीहरु खेल अवधिभर उभिएरै आफ्नो टोलीलाई समर्थन गरिरहे । भित्र छिरेका भन्दा बढी समर्थक त टिकट नपाएर निराश भएर फर्किए ।

फुटबलमा दर्शकको क्रेज कतिसम्म थियो भने, मैदान देखिने वरपरका घरका छत र पर्खालमा समेत भिड थियो । खेल प्रत्यक्ष प्रसारण पनि भइरहेको थियो तर दर्शक आफ्नो देश र खेलाडीको समर्थनमा स्वस्फुर्त मैदानमै आए पनि सम्बन्धित निकाय भने त्यसलाई व्यवस्थापन गर्न सकेन ।

सुरुमा यो प्रतियोगिता दशरथ रंगशालामा खेलाउने तयारी भए पनि मैदानको अवस्था ठिक नहुँदा सबै खेल एन्फा कम्प्लेक्स सारियो । अन्य समयमा ३ सय टिकट मुल्य राखेको एन्फाले फाइनलमा ५ सय रुपैंया पुर्यालएको थियो । यसले फुटबल नेपालमा कति लोकप्रिय छ भन्ने देखाउँछ ।

तर न त एन्फाले यसको फाइदा उठाउँदै फुटबल विकासमा काम गर्न सकेको छ न राखेपले भएको एउटै रंगशालामा खेल खेलाउन लायक मैदान बनाउन सक्यो । बरु यी दुवै निकाय आरोपप्रत्यारोमै व्यस्त छन् । फाइनलमा एन्फा अध्यक्ष र राखेप सदस्य सचिवले भिआईपीतर्फ बसेर आनन्दले खेल हेरिरँदा दर्शकको यो विजोक चाँहि देखे होलान् त?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *