सिंहदरबार फोटो खिच्न मनाही
काठमाडौं : सिंहदरबार ! देशकाे प्रमुख प्रशासनिक क्षेत्र । तपाई काम विशेषले आउँनुहाेस् वा दूरदराजबाट काठमाडाैं आएकाे माैका प्रमुख प्रशासकीय क्षेत्र प्रवेश गर्न खाेज्नुहाेला तर सहज सम्भव छैन । बल्तल्ल प्रवेश गर्नुपनि हाेला, सिंहदरबार पुगेकाे थिएँ भनेर फाेटाे वा भिडियाे खिच्नुहाेला नि ! पख्नुहाेस् तपाईले खिच्दै गर्दा प्रहरीले देखे हकारिहाल्छ । पत्याउनुभएन यो हेर्नुहोस् ।
संघीय सरकार बस्ने सिंहदरबार ! टाढा-टाढाबाट काठमाडाैं आएकाे माैकामा एकपटक हेर्न मन लाग्ला । तर, प्रवेश नै पाउँन कठिन छ । आफूले चिनेका काेही मन्त्रालयमा छन भने मात्र प्रवेश पाउँनुहुन्छ । भनसुन गरेर सिंहदरवार प्रवेश त पाउँनुहाेला तर तस्बीर र भिडियाे खिच्न पाउनुहुन्न ! प्रत्येक मन्त्रालय अगाडि तस्बीर खिच्न निषेधकाे यस्ताे बाेर्ड राखिएकाे छ ।
यो नियमले सिंहदरबार भित्रको सामान्य वातावरण कस्तो होला भन्ने प्रश्न उठ्छ। आखिर त्यहाँ के छ, जुन क्यामेराको लेन्समा कैद गर्नु अगाडि अनुमति चाहिन्छ?
सिंहदरबारभित्र प्रधानमन्त्री कार्यलय, विभिन्न दलका कार्यलयहरू, प्रधानमन्त्री, मन्त्री, सांसदहरूका कार्यालय छन्। साथै, केही आकर्षक फूलफुलेका बगैंचाहरू पनि छन्, जसले त्यो भवनलाई अझ सुन्दर बनाएको छ। तर त्यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ, जसले गेटबाटै छिर्ने मान्छेलाई जाँच गरेर भित्र पठाउँछन् । यस्तो अवस्थामा, नागरिकले फोटो वा भिडियो खिच्दा कुनै ठूलो असर पर्ने सम्भावना कमै देखिन्छ।
तर सरकारले भने सिंहदरबार परिसरभित्र फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने नियम बनाएको छ । स्वीकृति लिन कहाँ जानुपर्ने समेत नलेखिएको बोर्ड नागरिकलाई तर्साउनकै लागि राखिएको भान हुन्छ ।
संसारभरका प्रजातान्त्रिक देशहरूले आफ्ना नागरिकलाई सरकारी भवनभित्र सजिलै प्रवेश दिन्छन्। अमेरिकामा त विदेशीहरूले समेत सरकारी भवन भित्र घुम्न पाउँछन्। बेलायतमा मन्त्रीहरूको कार्यकक्षमा जोकोही आधिकारिक परिचयपत्रका आधारमा पुग्न सक्छन्। फिनल्यान्डमा त परिचयपत्रको पनि आवश्यकता पर्दैन, केवल ड्रेस कोड मिलाए पुग्छ। तर यहाँ, सिंहदरबारको गेटमा पुगेपछि एउटा नेपाली नागरिकको नागरिकता नै काम लाग्दैन जस्तो हुन्छ।
गेटमा पुगेपछि नागरिकता निष्क्रिय हुन्छ, र भित्र प्रवेश गर्नका लागि पास चाहिन्छ। अब त पास पाएर भित्र सिंहदरबारको दृष्य तस्वीरमा कैद गर्न पनि सोध्नुपर्ने भएको छ । यो नियमले सिंहदरबारलाई फेरि पनि यो जनताको दरबार होइन राजाकै दरबार हो भन्ने भाष्य स्थापित गर्न खोजिएको भान हुन्छ ।
प्रतिक्रिया