राजनीति

‘हिंसा’ शब्दले संसदमा हंगामा

हिमालय टिभी
२०८१ भदौ १२ गते १८:३३
‘हिंसा’ शब्दले संसदमा हंगामा


काठमाडौं :
संसदमा सांसदबीच विवाद हुन कुनै ठूलो विषय चाहिँदैन । यहाँ शब्द शब्दमा विवाद हुन्छ । शब्दलाई लिएर सांसद नियमापत्ति गर्छन् । शब्दको प्रयोगले जुहारी चल्छ ।

बुधबारको संसद बैठकमा त्यस्तै भयो । एमाले सांसदले अभिव्यक्ति दिने क्रममा प्रयोग गरेको हिंसा शब्दले माओवादीलाई आक्रोशित मात्र बनाएर सभामुखको ध्यानाकर्षण नै गराउनुपर्योा । तर सभामुखले नियमापत्ति हुँदा पनि संसदको रेकर्डबाट हटाउनुको सट्टा उल्टै सचिवालयलाई छानबिन गर्न निर्देशन दिनुभयो ।

‘हिंसा’ शब्दले संसदमा माओवादी-एमाले सांसद आमने-सामने, माधवले विरोध गर्दा योगेशले भने ‘त्यो हिंसै हो’

संसदमा एमाले सांसद योगेश भट्टराईको बोल्ने पालो आयो । अनि भट्टराईले बोल्दा प्रयोग गरे हिंसा शब्द । भट्टराईले सम्बोधनका क्रममा माओवादीको हिंसात्मक गतिविधिको आलोचना गर्दै, यसले मुलुकलाई पछाडि धकेलेको दाबी गर्नुभयो ।
लगत्तै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाउनुभयो ।

तर भट्टराई रोकिनुभएन, उल्टै हिंसा नै भएको दावी गरिरहनुभयो । र त्यसैलाई जोडतोडले उठाउनुभयो ।

त्यसपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले तत्काल नियमापत्ति जनाउनुभयो ।

तर माहोल तातिँदै जाँदा पनि सभामुख देवराज घिमिरे भने निरीह बन्नुभयो । नियमापत्ति हुँदा उल्टै सभामुख देवराज घिमिरेले भट्टराईले प्रयोग गरेका शब्दको छानबिन गर्न निर्देशन दिनुभयो।

तर, त्यहाँबाट विवाद शान्त भएन। एमाले सांसद भट्टराईले आफ्नो धारणा दोहोर्याउँदै हिंसाको शब्द पुनः प्रयोग गर्नुभयो । यसमा रघुजी पन्तलगायत अन्य एमाले सांसदहरूले पनि समर्थन जनाउनुभयो। यसले गर्दा माओवादी केन्द्रका सांसदहरू थप आक्रोशित भए।
संसदको कार्यवाही केही समयको लागि अवरुद्धजस्तै बन्यो। एमाले र माओवादीबीचको यो शब्दगत विवादले संसदको सामान्य कार्यसूचीलाई प्रभावित मात्र गरेन, तर यसले दुई प्रमुख राजनीतिक दलहरूबीचको तनावलाई पनि सतहमा ल्यायो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *