खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा मधेस, पुलिस र लुम्बिनी प्रदेश विजयी

हिमालय टिभी
२०८० पुष २८ गते १७:०५
प्रधानमन्त्री कप क्रिकेटमा मधेस, पुलिस र लुम्बिनी प्रदेश विजयी

२८ पुस २०८० काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो दिन पुलिस, मधेस प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनको फराकिलो अन्तरले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ८ विकेट गुमाएर विकेट गुमाएर २८२ रन बनायो।

उसका लागि रसिद खानले अविजित रहँदै १०६ रन बनाए। ११२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का प्रहार गरे। आरिफ शेखले ५७ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए। अर्जुन साउद र सुनिल धमलाले समान २०२० रन जोडे। बागमतीका रिजन ढकाल र सूर्य तामाङले समान तीन–तीन विकेट लिए।

यता २ सय ८३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ४२ औ ओभरमा अलआउट हुँदै २ सय १४ रनमात्र बनाउन सक्यो । बागमतीका ओपनर आशुतोष तिमल्सिनाले ९२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पुलिसका सागर ढकालले सर्वाधिक ३ विकेट लिए ।

आजै भएको अर्को खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कोशीले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा २०.१ ओभरमा भेट्टायो ।

मधेशका लागि अनिल साहले विस्फोटक इनिङ्स खेल्दे ५४ बलमा ८८ रन बनाए । कोशीका लागि सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा १ सय २७ रन बनाउँदै अलआउट भएको थियो ।

त्यस्तै भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हरायो । १ सय १२ रनको लक्ष्य पछ्याएकल लुम्बिनीले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्