खेलकूद

म्यानचेस्टर सिटीले निकाल्यो एफ ए कप फुटबलमा शानदार जित

हिमालय टिभी
२०८० पुष २३ गते ९:०८
म्यानचेस्टर सिटीले निकाल्यो एफ ए कप फुटबलमा शानदार जित

२३ पुस २०८० काठमाडौं । म्यानचेस्टर सिटीले एफ ए कप फुटबलमा शानदार जित निकालेको छ ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीले हुडर्सफिल्डलाई ५–० गोल अन्तरले हराएको हो । सिटीको जितमा फिल फोडेनले दुई तथा जुलियर अल्भारेज र जिरेमी डोकुले समान एक एक गोल गरेका ।

बेन ज्याकसनले एक आत्मघाति गोल सिटीलाई उपहार दिएका थिए । जित सहित पेप ग्वार्डिओलाको टिम एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । म्यानचेस्टर सिटीले गत सिजन एफ ए कपको उपाधि जितेको थियो ।

हिजै भएको अर्को खेलमा आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । लिभरपुल २–० गोलले विजयी बनेको हो ।

खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्