खेलकूद

आईसीसी अण्डर-नाइन्टिन विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

हिमालय टिभी
२०८० पुष २० गते १३:३७
आईसीसी अण्डर-नाइन्टिन विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

२० पुस २०८० काठमाडौं । आईसीसी अण्डर–नाइन्टिन विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ, क्यानले हिजो दक्षिण अफ्रिकामा हुने यू(नाइन्टिन विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का सहितले टोलीको बिदाइ गर्नु भएको हो । यू(नाइन्टिन विश्वकप यही जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुँदैछ ।

यू–नाइन्टिन विश्वकपमा नेपाल कठिन समूहमा परेको छ। समूह डी मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले विश्वकप अघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्