खेलकूद

आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०८० पुष २ गते ८:००
आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

२ पुस २०८० काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति इमिरेट्स स्टेडियममा भएको खेलमा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो ।

आर्सनलको जितमा गाब्रियल जिसस र काइ हभार्ट्जले समान एक एक गोल गरे । शीर्ष स्थानको आर्सनलले ३९ अंक बटुलेको छ । ब्राइटन २६ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि यसको फाइदा आर्सनललाई पुगेको छ ।

एनफिल्डमा युनाइटेडले लिभरपुलको दबाबलाई झेल्दै खेल गोलरहित बराबरीमा अन्त्य गर्न सफल भयो । बराबरीपछि लिभरपुल १७ खेलबाट ३८ अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा खस्किएको छ । युनाइटेड २८ अङ्कसहित सातौँ स्थानमा छ ।

हिजै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ । एस्टन भिल्लाका लागि एलेक्स मोरेनो र ओले वाटकिन्सले एक एक गोल गरे । ब्रेन्टफोर्डका लागि केन लेविसले एक गोल गरे । जितपछि एस्टन १७ खेलबाट ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड १९ अंकसहित तालिकाको १२ औं स्थानमा छ ।

गएरातिकै अर्को खेलमा वेस्टह्यामले वुल्भ्सलाई ३–० ले पराजित गरेको छ । वेस्टह्यामको जितमा मोहमद कुडुसले दुई र जारोड बोवीनले एक गोल गरे । जितसँगै वेस्टह्याम तालिकाको सातौं स्थानमा पुगेको छ । वुल्भ्स १३ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्