खेलकूद

एनएसएल फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा

हिमालय टिभी
२०८० पुष २ गते ७:५६
एनएसएल फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा

२ पुस २०८० काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे शुरु हुने छ । धनगढी ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ भने गत संस्करणको च्याम्पियन काठमाडौं ५ खेलबाट ८ अंकका साथ चौथो स्थानमा छ ।

आजको खेलमा जित निकाल्दै धनगढी शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुँदा काठमाडौं पनि जित निकाल्दै धनगढीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुने छ ।

त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण हिजोका लागि तय भएको खेल आजका लागि सारिएको हो । यस्तै यसअघि आज ५ बजेका लागि तय भएको स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसीको खेल भोलि दिउँसो १ बजे हुने छ ।

जसले गर्दा भोलि दुई खेल हुनेछन् । यी दुई खेल बाहेक अन्य खेल भने पुरानै तालिका अनुसार हुनेछ । एनएसएलमा अब लिग चरणमा ९ खेल बाँकी छ । त्यसपछि प्लेअफ र फाइनलमा चार खेल हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्