प्रिमियर लिग फुटबलमा एभर्टनसँग चेल्सी पराजित

२५ मंसिर २०८० काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई पराजित गरेको छ ।
गएराति गुडसिन पार्कमा भएको खेलमा लगातार तेस्रो जित निकाल्ने क्रममा एभर्टनले चेल्सीलाई २–० ले हराएको हो । अब्दुलाये डौकौरे र बैकल्पिक खेलाडी लुईस डोबिनले एभर्टनका लागि गोल गरे ।
जित पछि एभर्टनले चार अंकले रेलिगेशन जोन छोडेको छ । मौरेसियो पोचिटिनोको नेतृत्वमा चेल्सीले लिगमा सातौं हार ब्यहोरेको छ । चेल्सी तालिकाको ११ औं स्थानमा झरेको छ ।
गएरातिकै अर्को खेलमा टोटनह्यामले न्युक्यासलमाथि ४१ को शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि रिचर्डलिसनले दुई तथा डेस्टिनी उडोगी र कप्तान सनले पेनाल्टीमार्फत एक गोल गरे ।
जितसंगै पाँचौं स्थानको टोटनह्यामले ३० अंक जोडेको छ । न्युक्यासल २६ अंक सहित सातौं स्थानमा यथावत छ ।
यस्तै हिजै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले घरेलु टोली लुटनमाथि २–१ को पुनरागमन जित निकालेको छ । जितसंगै साविक विजेता सिटी ३३ अंक सहित चौथों स्थानमा छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ४ अंकले पछि छ ।
प्रतिक्रिया