खेलकूद
एनएसएल फुटबल प्रतियोगिताको खेल समय परिवर्तन
२०८० मंसिर १८ गते ८:२७

१८ मंसिर २०८० काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को खेल समय परिवर्तन गरिएको छ ।
दशरथ रंगशालामा जारी खेल साँझ साढे ५ बजे हुँदै आएकोमा अबदेखि ५ बजे सुरु हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले जानकारी गराएको हो ।
परिवर्तित समय आजदेखि नै लागु हुनेछ । आज झापा एफसी र काठमाडौं रेजर्सबीचको खेल साँझ ५ बजे हुनेछ ।
शनिबार हुँदै आएको दुई खेलमध्ये दिउँसो हुने खेल भने पूर्वनिर्धारित समय १ बजेनै हुनेछ । प्रतियोगिताको सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।
प्रतिक्रिया