खेलकूद

ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

हिमालय टिभी
२०८० मंसिर १८ गते ८:१६
ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

१८ मंसिर २०८० काठमाडौं । भारतले पाँचौं तथा अन्तिम ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ।

योसँगै घरेलु टोली भारतले सिरिज ४-१ ले जितेको छ। जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो।

घरेलु टोली भारतले पाँच खेलको ट्वेन्टी-ट्वेन्टी शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।

यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्