प्रिमियर लिगमा चेल्सीको शानदार जित

१८ मंसिर २०८० काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।
गएराति घरेलु मैदानमा चेल्सीले ब्राइटनलाई ३–२ गोलले हराएको हो । चेल्सीका लागि इन्चो फर्नान्डेजले दुई र कोलविलले एक गोल गरे । ब्राइटनका लागि बुओनानोट र जोआओ पेड्रोले एक एक गोल गरे।
पहिलो हाफमा १० खेलाडीमा सिमित बनेको चेल्सीले ब्राइटनलाई हराएर महत्वपुर्ण तीन अंक जोडेको छ । चेल्सी १९ अंकका साथ दशौं स्थानमा उक्लिएको छ । ब्राइटन २२ अंक सहित तालिकाको आठौं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ ले पराजित गरको छ । लिभरपुलका लागि ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले दुई तथा एलेक्सिस म्याक एलिस्टर र वाटारु एन्डोले एक एक गोल गरे ।
ह्यारी विल्सन र केनी टेटेले फुलह्यामका लागि एक एक गोल गरेका थिए । जितसंगै लिभरपुल ३१ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
फुलह्याम १५ अंक सहित १४ औं स्थानमा छ । अन्य खेलहरुमा म्यानचेस्टर सिटी र टोटेनहमले ३–३ गोलको बराबरी खेलेका छन् । बर्नमाउथ र एस्टोन भिल्लाले २–२ गोलको बराबरी खेल्दा वेष्टह्याम र क्रिस्टल प्यालेसले एक एकको बराबरी गरेका छन् ।
प्रतिक्रिया