खेलकूद

केपी ओली कप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको सान्त्वना जित

हिमालय टिभी
२०८० मंसिर १३ गते १३:५३
केपी ओली कप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको सान्त्वना जित

१३ मंसिर २०८० कास्की । कोशी प्रदेशले पोखरामा जारी केपी ओली कप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

पोखरा क्रिकेट मैदानमा आज सम्पन्न समुह चरणको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै कोशीले २ अंक जोडेको हो । ६८ रनको सामान्य लक्ष्य कोशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।

कोशीका ओपनर सोनु अन्सारीले नटआउट सर्वाधिक ३५ रन बनाए । यसअघि टस गुमाएर पहिले ब्याटिङका लागि डाकिएको आयोजकले १७ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रन बनायो । उसका ओपनर अर्जुन रायमाझीले २४ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

आयोजकको निलो टोलीलाई सस्तैमा समेट्न कोशीका श्रवण यादवले ३, फिरदोस अन्सारी र कमल खत्रीले २९२ विकेट लिए । यो समुहबाट विभागीय टोली त्रिभुवन आर्मी क्लब ४ अंक सहित सेमिफाइनल प्रवेश गरेको छ ।

समुह चरणको अन्तिम खेलसँगै सेमिफाइनल पुग्ने ४ वटै टोलीको छिनोफानो भएको छ । समुह डी बाट आर्मी अन्तिम ४ मा पुग्दा समुह एबाट बागमती प्रदेश, समुह बी बाट एपिएफ र समुह सी बाट मधेस प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । सेमिफाइनलका दुवै खेल भोली हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्