एनएसएल फुटबलमा आज दोस्रो चरणको खेलमा काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै
१२ मंसिर २०८० काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग, एनएसएल फुटबल प्रतियोगितामा आज दोस्रो चरणका खेल शुरु हुँदैछन् ।
सहभागी टिमको संख्या विजोर रहेको हुनाले स्पोर्टिङ इलामले भने दुई खेल खेलिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा आज साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशालमा साँझ साढे ५ बजे खेल शुरु हुनेछ । प्रतियोगतामा आज दुबै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । काठमाडौं लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
चितवन काठमाडौंविरुद्धको खेलमा आफ्नो पहिलो जितको प्रयासमा हुनेछ । काठमाडौंले उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई पराजित गरेको थियो । चितवन भने पहिलो खेलमा पोखरा थण्डर्ससँग पराजित भएको थियो ।
प्रतियोगिताको हिमालय टेलिभिजन एचडी र हिमालय प्रिमियमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया