खेलकूद

केपी ओली कप क्रिकेटमा मधेश प्रदेशको पहिलो जित

हिमालय टिभी
२०८० मंसिर ११ गते १३:५८
केपी ओली कप क्रिकेटमा मधेश प्रदेशको पहिलो जित

११ मंसिर २०८० कास्की । पोखरामा जारी केपी ओली कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जीत निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज विहान भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरी पहिलो जीत निकालेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको ५८ रनको सामान्य लक्ष्य मधेशले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका ओपनर अनिल शाहले २५, इम्रान शेखले १७ र पवन सराफले अविजित १७ रन बनाए । सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै अल आउट भयो । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । मधेसका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन् । सुदूरपश्चिमलाई कम योगफलमा रोक्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए ।

विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १-१ विकेट लिए । हिजो भएको आफ्नो पहिलो खेलमा मधेश प्रदेश नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित भएको थियो । यो जितसँगै समूह सी मा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २(२ अंक भएको छ ।

मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ । अर्को खेलमा अहिले मदन भण्डारी स्पोर्टस् क्लब नीलो र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्