खेलकूद
प्रिमियर लिगमा टोटनह्याम एस्टन भिल्लासँग पराजित
२०८० मंसिर ११ गते ८:०७

११ मंसिर २०८० काठमाडौं । इङ्लिस प्रिमियर लिगमा टोटनह्याम एस्टन भिल्लासँग पराजित भएको छ।
गएराति भएको खेलमा घरेलु टोली टोटनह्याम एस्टन भिल्लासँग २–१ ले पराजित भएको हो । एस्टन भिल्लालाई जित दिलाउन पउ टोरेस र ओली वाट्किन्सले एक एक गोल गरे।
टोटनह्यामका लागि जियोवानी लो सेल्सले शुरुवाती गोल गरेका थिए । जितसँगै १३ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ। टोटनह्याम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ।
यता, गएराति नै भएको भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० को शानदार जित निकालेको छ । जितसंगै २४ अंकसहित युनाइटेड तालिकाको छैठौं स्थानमा उक्लिएको छ । एभर्टन १३ खेलमा चार अंकसहित रेलिगेशनबाट जोगिन संघर्षरत छ।
प्रतिक्रिया