खेलकूद

प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेले

हिमालय टिभी
२०८० मंसिर १० गते ८:०९
प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेले

१० मंसिर २०८० काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति इत्तिहाद रंगशालामा सिटीसँग पाहुना टोली लिभरपुलले १–१ गोलको बराबरी खेलेको हो । सिटीले २७ औं मिनेटमा एर्लिङ हालान्डको गोलमा अग्रता लिएको थियो ।

हालान्ड प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ४८ खेलमा यो इतिहास रचेका हुन् ।

लिभरपुलका लागि अलेक्जेन्डर अर्नोल्डले बराबरी गोल गरे । बराबरीसंगै सिटी २९ अंकका साथ तालिको शीर्ष स्थानमा रहँदा लिभरपुल २८ अंक सहित दोस्रो स्थानमा छ ।

यता, गएराति नै भएको अर्को खेलमा न्यूक्यासल युनाईटेडले चेल्सीलाई ४–१ ले हराएको छ । न्युक्यासल युनाईटेडका लागि अलेक्जेन्डर इसाक, जमाल लास्केल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक एक गोल गरे ।

चेल्सीका लागि रहिम स्टर्लिङले एक गोल गरे । जितसंगै न्यूक्यासल २३ अंक सहित तालिकाको छैटौं स्थानमा पुगेको छ । चेल्सी १६ अंक सहित ११ औं स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्