एनएसएल फुटबलको दोस्रो संकरणमा पोखरा थन्डर्सको विजयी शुरुवात
९ मंसिर २०८० काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
आज दशरथ रंगशालमामा सम्पन्न खेलमा पोखराले एफसी चितवन माथि १–० को जित हात पारेको हो । पोखराका लागी मोसेस ग्याबा त्वामले खेलको एकमात्र गोल निर्णक बन्यो ।
७२ औं मिनेटमा स्टेफन अन्नोरको क्रसमा मोसेसले गोल गर्दै गरे । त्यसपछि पनि दुबै टिमले केही अवसरहरु सर्जिना गरेपनि गोलमा परिणत गर्न सकेनन् । योसँगै पोखराले पहिलो खेलमै स्पस्ट ३ अंक जोडेको छ ।
अघिल्लो सिजन जितविहीन रहेको चितवनले लिग इतिहासमै पहिलो जित निकाल्न थप प्रतिक्षा गर्नु पर्ने भएको छ । आजै हुने अर्को खेलमा यस्तै पहिलो सिजन ललितपुरबाटै खेलेका एरिक विष्ट यस पटक बुटवल लुम्बिनीको मार्की प्लेअरमा छन् । सोही मैदानमा खेल साँझ साढे पाँच बजे शुरु हुनेछ ।
प्रतियोगिताको हिमालय टेलिभिजन एचडी र हिमालय प्रिमियमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया