खेलकूद

विश्वकप छनोट खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०८० मंसिर ५ गते ७:४५
विश्वकप छनोट खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दै

५ मंसिर २०८० काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो घरेलु खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा साँझ ७ बजे हुने खेलमा नेपाल जित्नै पर्ने दबाबसहित मैदान उत्रिँदैछ । फिफा विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग उसैको घरेलु मैदानमा ४–० ले पराजित भएको थियो ।

नेपाल र यमनबीच अहिलेसम्म ४ खेल हुँदा नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

पछिल्लो पटक सन् २०१८ मा एसियन कप छनोट अन्तर्गत दोहामा भएको खेलमा नेपाल यमनसँग २–१ गोलले पराजित भएको थियो । अनुभवी खेलाडीहरु विदेशीएपछि टोलीमा अधिकांश युवा खेलाडी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्