Main News

लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको प्रधानमन्त्रीको टिप्पणी

हिमालय टिभी
२०८० कार्तिक २५ गते १३:३४
लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको प्रधानमन्त्रीको टिप्पणी

२५ कात्तिक २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको टिप्पणी गर्नुभएको छ ।

आज पद्मरत्न तुलाधर पाँचौ स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रम प्रधानमन्त्री प्रचण्डले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको बताउनुभएको हो ।

विगत ७० वर्षमा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिबारे जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । यो व्यवस्था मास्न खोज्ने दुस्साहस सफल नहुने उहाँको दावी थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *