धनतेरसको रौनक, ‘धन’ जोड्न टक्सार विभागमा लाइन (भिडियो रिपोर्टसहित)
![धनतेरसको रौनक, ‘धन’ जोड्न टक्सार विभागमा लाइन (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/11/dhanteras.jpg)
२४ कात्तिक २०८० काठमाडौं । धातुका नयाँ सामान जोडेर आज धनतेरस मनाइन्छ । तिहार सुरु हुनुभन्दा अघिल्लो दिन सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।
दीपावलीको किनमेलका लागि धनतेरसलाई उत्तम मानिन्छ । आजकै दिन सुन र चाँदीका सिक्काको किनमेल पनि अन्य दिनको तुलनामा बढी हुने गरेको छ ।
प्रायस् सुनसान रहने बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा शुक्रबार धनतेरसको दिन सुनका असर्फी र चाँदीका सिक्का लिनेहरुको भीड लाग्यो ।
धनतेरसका दिन सुन चाँदीको गहना किन्ने प्रचलन छ । यही प्रचलनलाई निरन्तरता दिँदै, काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका व्यक्तिहरु टक्सार विभाग पुगे ।
धार्मिक आस्थासहित सुनका असर्फी र चाँदीका सिक्का लिन पुगेकालाई सिक्का लिन भने निक्कै सकस पर्यो ।
राष्ट्र बैंकले १०, ५ र २ दशमलव ५ ग्रामको सुनको असर्फी बिक्री गरेको छ । चाँदीका ५० भन्दा बढी प्रकारका सिक्का निकाल्ने गरेको छ । तिहारका लागि गाई अंकित चाँदीको सिक्का २५ ग्राम र १० ग्राम तथा लक्ष्मी, गणेश र गजलक्ष्मीको १०–१० ग्रामको चाँदीको सिक्कामा जोड दिइएको छ । टक्सार विभागले सुनको असर्फी, चाँदीका सिक्का कतिको बिक्री गर्यो त ?
नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर बर्सेनि सुनको असर्फी, चाँदीका सिक्का बिक्री गर्ने गरेको छ । सुन र चाँदीको बजार मूल्य अनुसार असर्फी र सिक्का बिक्री गर्ने गरेको छ । तर बिक्री प्रणाली व्यवस्थित नहुँदा ग्राहकलाई समस्या भयो ।
प्रतिक्रिया