एसईई परीक्षाका लागि आवेदन फारम खुला

२४ कात्तिक २०८० काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा, एसईईको आवेदन फाराम खुला गरेको छ ।
बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना प्रकाशित गरी लिने एसईईको लागि रजिष्ट्रेशन आवेदन खुला गरेको हो ।
एसईईमा समावेश हुन चाहने विद्यार्थीले आजदेखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो ।
यस्तै, बोर्डले कक्षा ९ मा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीका लागि २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ ।
प्रतिक्रिया