Main News

प्रधानमन्त्री प्रचण्ड रोल्पामा

हिमालय टिभी
२०८० कार्तिक २४ गते १२:५९
प्रधानमन्त्री प्रचण्ड रोल्पामा

२४ कात्तिक २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रोल्पा पुग्नु भएको छ ।

रोल्पामा आयोजना गरिएको तीन वटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड रोल्पा पुग्नु भएको हो । उहाँले थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भैसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । झण्डै ८ वर्षमा निर्माण भएको उक्त भवनको लागत २९ करोड छ ।

उहाँले दिउँसो माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले सदरमुकाम लिबाङ आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा रोल्पाबाट निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *