Main News
चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत क्षेत्रका सचिव वाङ काठमाडौंमा
२०८० कार्तिक २२ गते १६:४०

२२ कात्तिक २०८० काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ ।
पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गर्नुभएको थियो ।
वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछ ।
चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन(नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया