रास्वपा सभापति लामिछानेले दिए प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव
२२ कात्तिक २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भूकम्प प्रभावित जाजजरको र रुकुम पश्चिमको अवस्थाका बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको छ ।
सभापति रवि लामिछानेले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर १४ बुँदे सुझाव दिनु भएको हो । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएपछि लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझावसहित पत्र बुझाउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ । प्राथमिकताका आधारमा सुझावहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको रास्वपाले बताएको छ ।
राहत सामग्री जिल्ला प्रशासनमा थुप्रिएको तर पीडितले नपाएको विषयलाई सभापति लामिछानेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको थियो ।
राहत वितरणमा एकरुपता नदेखिएको, राज्यप्रति पीडितको भरोसा नभएको, त्रिपाल गुणस्तरहीन भएको, बालबालिकाको अवस्थाप्रति राज्य गम्भिर नदेखिएको लगायतका कुरमा लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
राहत प्रशासन कार्यालयमा थुप्रिए पनि प्रभावितले नपाएको र एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै सुधार्न उहाँको सुझाव छ ।
प्रतिक्रिया