Main News

जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किए

हिमालय टिभी
२०८० कार्तिक २२ गते १२:५८
जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किए

२२ कात्तिक २०८० काठमाडौं । जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले आज तथ्यांक सार्वजनिक गर्दै ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएको जनाएको हो ।

यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७ सय ७ घरमा आंशिक क्षति पुगेको हो ।

यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।

भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *