Main News

कुटपिटको विरोधमा स्वास्थ्यकर्मीद्वारा पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

हिमालय टिभी
२०८० कार्तिक २१ गते १३:५५
कुटपिटको विरोधमा स्वास्थ्यकर्मीद्वारा पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

२१ कात्तिक २०८० ललितपुर । चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मीले ललितपुरस्थित पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्नेलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीको चेतावनी छ ।

गत शनिबार अस्पतालमा उपचाररत मकवानपुरका ६७ वर्षीय कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षीया जनमाया राईको मृत्यु भएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका थिए ।

त्यसपछि उनीहरु‍ले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ । निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए ।

निमोनियाको सङ्क्रमणको उपचारका लागि दुवै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पतालका निर्देशक डा रवि शाक्यले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *