Main News

जाजरकोट भूकम्पबाट ३५ हजार बढी घरमा क्षति

हिमालय टिभी
२०८० कार्तिक २१ गते १३:५१
जाजरकोट भूकम्पबाट ३५ हजार बढी घरमा क्षति

२१ कात्तिक २०८० काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको भूकम्पबाट ३५ हजारभन्दा बढी घरमा क्षति भएको छ।

सरकारले गरेको अध्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७ सय ९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५ सय २९ आंशिक गरी ३५ हजार ३२१ घरमा क्षति पुर्‍याएको हो।

जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ।

भूकम्पबाट सल्यानमा २५ वटा घर पूर्ण र ९७ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ।

भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १र१ घर पूरै ध्वस्त भएका छन्।

भूकम्पले रुकुम पूर्वमा १ सय ८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा ११ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *