भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल
२१ कात्तिक २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नु भएको छ ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट पुग्नु भएको हो । उहाँ आजै भूकम्पबाट प्रभावित अर्को जिल्ला रुकुम पश्चिम पनि जाने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल भोलिबाट शुरु हुन लागेको युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा जानु भएको हो । गत शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६।४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।
हालसम्म भूकम्पमा परी १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पबाट ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि डिस्चार्ज भएका छन् । अब ९५ जना उपचार गराइरहेका छन्।
यसैबीच, जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री समयमा पुग्न नसक्दा पीडित थप समस्यामा परेका छन् ।
बढ्दो चिसोले भूकम्प पीडितलाई कष्ट थपिएको छ । प्रभावितहरु केहीले त्रिपाल पाए पनि त्यो पर्याप्त नभएको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया