Main News
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
२०८० कार्तिक २१ गते १२:५९
२१ कात्तिक २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने जनाइएको छ ।
सिंहदरबारमा बैठक दिउँसो २ बजे बस्नेछ । भूकम्प पीडितका लागि सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरणको काम शुरु गरेको छ भने उनीहरुलाई आवासको व्यवस्था गर्ने काम पनि अघि बढाइने जनाएको छ ।
प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरिसकेको छ ।
प्रतिक्रिया