Main News

भूकम्प पूर्वतयारीमा छैन मतलब, क्षति बढ्दो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक २० गते २०:४२
भूकम्प पूर्वतयारीमा छैन मतलब, क्षति बढ्दो (भिडियो रिपोर्टसहित)

२० कात्तिक २०८० काठमाडौं । नेपाल भूकम्पको उच्च जोखिममा छ भन्ने सुन्दै आएको धेरै भयो । सरकारले भूकम्प सुरक्षासम्बन्धी कार्यक्रमहरु गर्ने र सरकारी कोषबाट पैसा खर्च गर्ने काम पनि गर्दै आएको छ । तर यी जानकारी र खर्चले नेपाललाई भूकम्पबाट सुरक्षित बनाउन सकेका छैनन् ।

ससाना भूकम्पका धक्का जाँदासमेत मानवीय र भौतिक क्षति भइरहेकै छ । भूकम्पबाट अरु देशले कसरी आफूलाई सुरक्षित राखेका छन्, पूर्वतयारी कसरी गर्ने ?

भूकम्प प्रतिरोधात्मक संरचना निर्माण
विश्वमा सबैभन्दा बढी भूकम्प जाने देश जापान हो । जापानमा दैनिकजसो साना(ठूला भूकम्प गहिरहेका छन् । तर, जापानमा घरहरु भत्किएर हुने धनजनको क्षति कम हुन्छ । किनकि जापानमा कानूनै बनाएर भूकम्प पूर्वतयारीका उपाय अपनाइएको छ । जापानमा ब्यक्तिगत घर बनाउँदा होस् या अन्य भौतिक संरचना बनाउँदा भूकम्प प्रतिरोधात्मक मापदण्ड पूरा गर्नुपर्ने कानूनमै व्यवस्था गरेको छ । एक अध्ययनका अनुसार जापानमा ८७ प्रतिशत भौतिक संरचना भूकम्प प्रतिरोधात्मक छन् । यो अभ्यास अन्य देशमा पनि छ । जुन नेपालमा पनि अवलम्बन गर्न सके क्षति घटाउन सकिन्छ ।

भूकम्पको पूर्वजानकारी
जापानमा हरेक स्मार्ट फोनमा भूकम्प लगायतका प्राकृतिक प्रकोप आउने केही मिनेट पहिला सूचना आउँछ । मोबाइलमै यो सिस्टम जडान गरिएको छ । यस्तै टर्कीलगायत अन्य भूकम्पीय जोखिम बढी भएको देशमा पनि यो प्रणाली छ । यदि तपाईं यी देशमा हुनुहुन्छ र तपाईं भएको ठाउँमा भूकम्प आउन लागेको छ भने पूर्व जानकारी फोनमै आउँछ । जसले गर्दा सुरक्षित स्थानमा जान सकिन्छ । अनि क्षति पनि कम हुन्छ ।

जनचेतना र शिक्षा
जापान लगायतका देशमा भूकम्पबारे विद्यालयमै पढाइ हुन्छ । साथै भूकम्प लगायतका प्राकृतिक प्रकोपबारे जनचेतनाका कार्यक्रम पनि प्रसस्त हुन्छन् । जसले गर्दा भूकम्पबारे ज्ञान हुन्छ र पूर्वतयारीमा मद्दत पुग्छ । यी बाहेक झटपट झोला तयारी राख्ने, भूकम्पको बेला नआतिने गर्नाले पनि क्षति कम हुन्छ ।

यदि नेपालमा पनि पूर्वतयारीका उपायबारे सरकार र आम नागरिकले ध्यान दिएको भए हालै जुन हविगत जाजरकोट र रुकुम पश्चिमले भोग्यो अनि मध्ये नेपालले २०७२ को भूकम्पमा जुन क्षति भोग्यो, त्यो क्षति पक्कै घटाउन सकिने थियो । तर, यसबारे सरकार नै उदासिन छ ।

नेपाल पूर्वतयारीमा चुकिरहेको उदाहरण जाजरकोट र रुकुम पश्चिममा पूर्याएको क्षतिलाई लिए पुग्छ । हुन त भूकम्प कहिले आउँछ र कति क्षति पूर्याउँछ भनेर पूर्वानुमा गर्न सकिँदैन । तर, भूकम्पीय जोखिम छ भन्ने वर्षौँदेखि सुनिरहेको देशमा कम्तीमा घरहरु निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरेको भए यो क्षति कम गर्न अवश्य सकिने थियो ।

२० कात्तिक २०८० काठमाडौं । भाइटीकामा मखमली फूलको मालाको विशेष महत्व छ । मखमली जस्तै दिदीबहिनी र दाजुभाईप्रतिको माया नओइलाओस् भन्दै मखमलीको माला लगाइदिने चलन छ । दिदीबहिनी र दाजुभाईको मायाको प्रतिक, मखमलीको माला, तयार पार्न भक्तपुरको गुण्डुका फूल उत्पादक किसानलाई भ्याईनभ्याई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *