Main News

भूकम्पपीडितलाई राहत वितरण सुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक २० गते २०:२९
भूकम्पपीडितलाई राहत वितरण सुरु (भिडियो रिपोर्टसहित)

२० कात्तिक २०८० काठमाडौं । जाजरकोटका भूकम्पपीडितलाई आजदेखि जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले स्थानीय तह मार्फत् राहत वितरण सुरु गरेको छ । राहत नपाएको गुनासो बढेपछि आज बिहानैदेखि समितिले तत्काल पीडित समक्ष राहत सामाग्री पुग्नेगरी वितरण थालेको हो ।

पक्की घरसमेत भूकम्पले चर्किएको छ । ठूलो संख्यामा मानिस एउटै पालमुनि सुतिरहेका छन् । परकम्प महसुस भइरहेकाले भूकम्प पीडित झस्किन्छन् । छानोमुनि आनन्दले निदाएकाहरू अहिले खुला छाना हरेरै रात कटाउँछन् । रातभर चलेको चिसो सिरेटोले बालबच्चादेखि बुढा बिरामी पर्ने भेला भइसक्यो ।

तर, अहिलेसम्म न पाल, न उचित खानपानको व्यवस्था नै हुन सकेको छैन । भूकम्पले क्षति पुर्‍याएको जाजरकोटमा भने सोमबारबाट स्थानीय तह मार्फत राहत वितरण सुरू गरिएको छ । प्रभावित क्षेत्रमा पठाउने गरी स्थानीय तहले काम अघि बढाएको छ । झण्डै ७ हजार बढी त्रिपाल र ब्ल्यांकेट वितरण गरिएको छ ।

कहाँ कति वितरण ?
भेरी नगरपालिका
१ हजार ९ सय ८४ ब्ल्यांकेट
१ हजार ७ सय ७७ त्रिपाल
९ सय ४२ बोरा चामल
३५ थान विस्तारा

नलगाढ नगरपालिका
६ सय ४७ ब्ल्यांकेट
८ सय त्रिपाल
५ बोरा चामल

छेडागाढ नगरपालिका
१ सय २२ ब्ल्यांकेट
१ सय ७२ त्रिपाल

बारेकोट गाउँपालिका
३ सय त्रिपाल
३ सय ब्ल्यांकेट

कुशे गाउँपालिका
३ सय ४५ ब्ल्यांकेट
२ सय ४५ त्रिपाल
१ सय ३२ चामलका बोरा

बारम्बार भूकम्प महसुस भइरहेको छ । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकेका छन् । जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् । मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि सुरुवाती चरणमा दिइएको पालमा बसेर कोही यो चिसोमा रात कटाइरहेका छन् ।

अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । एकातिर भूकम्पमा परिवारजन, आफन्त, गुमाउँदाको पीडा र अर्कातिर घर भत्किँदाको चिन्तामा रहेका उनीहरूलाई गासबासको समेत समस्या छ । चिसोयाममा खुला ठाउँको बसाइले खासगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूका लागि कष्टप्रद बनेको छ । उनीहरूका लागि जतिसक्दो छिटो सुरक्षित बसोबास र खानाको प्रबन्ध मिलाउन आवश्यक भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *