Main News

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

हिमालय टिभी
२०८० कार्तिक २० गते १७:०७
राष्ट्रपतिको युरोप भ्रमण स्थगित

२० कात्तिक २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

आज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको ९ दिने लामो युरोप भ्रमण स्थगित भएको हो । मुलुकको वर्तमान परिस्थति अनुकुल नरहेको भन्दै भ्रमण स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपति पौडेलको पहिलो १० दिने विदेश भ्रमण स्वीकृत गरेको जानकारी दिनुभएको थियो ।

राष्ट्रपति कात्तिक २२ देखि मंसिर १ सम्म विदेश भ्रमणको कार्यतालिका तय भएको थियो । उहाँ फ्रान्स, जर्मनी र इटालीको भ्रमण गरेर फर्कने कार्यतालिका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *