विश्वकप क्रिकेटमा आज बंगलादेश र श्रीलंका भिड्दै

२० कात्तिक २०८० काठमाडौं । आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज बङ्लादेश र श्रीलंकाबीच खेल हुँदैछ ।
खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलंकाले ७ मा २ खेल जितेर ४ अङ्क बनाएको छ । सेमिफाइनलको दौडमा रहन श्रीलंकालाई जित्नै पर्ने दबाब छ ।
७ खेलमा एक खेल जितेको बङ्लादेशको दुई अङ्क छ । सेमिफाइनलको दौडबाट बाहिर रहेको बंगलादेशले सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुन चाहन्छ ।
एकदिवसीय विश्वकपमा अहिलेसम्म यी दुई टोलीबीच चार खेल भएका छन् । श्रीलंकाले तीनमा जित हात पारेको छ भने एक खेल वर्षाका कारण अनिर्णित रह्यो । हिजो भएको खेलमा दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार आठौं जित दर्ता गरेको छ ।
प्रतियोगितामा भारतका लागि विराट कोहलीले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको कीर्तिमानी ४९ औं शतकसँग बराबरी गरेका छन् ।
प्रतिक्रिया