Main News

जलविद्युतमा लगानी गर्न निजी एवं विदेशी लगानीकर्तालाई राष्ट्रपतिको आह्वान

हिमालय टिभी
२०८० कार्तिक २० गते १३:२३
जलविद्युतमा लगानी गर्न निजी एवं विदेशी लगानीकर्तालाई राष्ट्रपतिको आह्वान

२० कात्तिक २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न निजी एवं विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनमा राष्ट्रपति पौडेलले नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै उहाँले त्यसतर्फ लगानी बढाउन आह्वान गर्नुभएको हो ।

उहाँले नेपालको कृषि, जलश्रोत, पर्यटन जस्ता क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले साना र मझौला उद्योगहरुले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । व्यापार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै यसले आर्थिक वृद्धिलाई मात्रै नभइ सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *