Main News

नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

हिमालय टिभी
२०८० कार्तिक २० गते १३:१४
नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

२० कात्तिक २०८० काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । उहाँले समर्थन फिर्ता नलिए पनि प्रदेश सभामा भने प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय भएको बताउनुभयो ।

मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले २८ गते कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीयमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *