खेलकूद

एक दिवसीय विश्वकप क्रिकृटमा भारतद्वारा दक्षिण अफ्रिका पराजित

हिमालय टिभी
२०८० कार्तिक २० गते ८:०२
एक दिवसीय विश्वकप क्रिकृटमा भारतद्वारा दक्षिण अफ्रिका पराजित

२० कात्तिक २०८० काठमाडौं । आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

कोलकाताको इडन गार्डेनमा भएको खेलमा दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार आठौं जित दर्ता गरेको हो । पहिले टस जितेर व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२६ रन बनायो ।

भारतका लागि विराट कोहलीले ४९औं शतक बनाए । आफ्नो ३५औं जन्मदिनमा उनले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको कीर्तिमानी ४९ औं शतकसँग बराबरी गरेका छन् ।

केएल राहुलले ७७, रोहित शर्मा ४० र शुभमन गिल २३ रन जोडे । जवाफमा दक्षिण अफ्रिका २७ दशमलब १ ओभरमा ८३ रनमा अलआउट भयो । भारतीय बलरसामु दक्षिण अफ्रिकाका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् ।

रवीन्द्र जडेजाको पाँच विकेट लिए । मोहम्मद शमी र कुलदीप यादवले २र २, र मोहम्मद सिरिजले एक विकेट हात पारे । जितसँगै भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ ।

दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगिता अन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्