खेलकूद

उपाधि चुम्नबाट चुक्यो नेपाल, सुपर ओभरमा ओमान विजयी

हिमालय टिभी
२०८० कार्तिक १९ गते १४:४६
उपाधि चुम्नबाट चुक्यो नेपाल, सुपर ओभरमा ओमान विजयी

१९ कात्तिक २०८० काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एशिया छनोटको उपाधिका ओमानले जितेको छ । नेपाल सुपर ओभरमा पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ओमनले सुपर ओभरमा जित हासिल गरेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

ओमनका लागि कश्यप प्रजापतीले ६३, अकिब इल्यासले ३३, जीसम मक्सूदले २६ मोहम्मद नसीमले २४ रन बनाए । नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले एक९एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका थिए । पौडेलले ३७ बलमा ५२ रन र झाले २५ बलमा ५४ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ३१, करण केसीले २०, आशिफ शेखले ६, कुशल मल्लले तीन र विवेक यादवले एक रन बनाए । ओमनका लागि बिलाल खानले तीन, अकिब इल्यासले दुई र जीसम मक्सूदले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्