Main News

डोटीमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु

हिमालय टिभी
२०८० कार्तिक १९ गते १२:५६
डोटीमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु

१९ कात्तिक २०८० डोटी । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी ८ महिना की छोरी प्रार्थना छन् ।

त्यस्तै घाइते हुनेमा हिमाली गाउँपालिका(५ बस्ने ३० वर्षीया प्रकाश बुढाथापा, सोही स्थानका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल छन् ।

घाइते मध्ये विमलाको अवस्था गम्भीर छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका(४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *