भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई विदामा नबस्न निर्देशन
१८ कात्तिक २०८० काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई तत्कालका लागि बिदामा नबस्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।
साथै बिदामा भएका कर्मचारीलाई पनि यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिन मन्त्रालयले निर्देशन दिएको छ ।
भूकम्पमा परी मृत्य भएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवम् स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई मन्त्रालयले अनुरोध गरेको छ ।
जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षति पुगेको छ ।
प्रतिक्रिया