Main News

भूकम्प पीडितलाई राहत दिन सुदूरपश्चिम सरकारले छुट्यायो १ करोड

हिमालय टिभी
२०८० कार्तिक १८ गते १३:४५
भूकम्प पीडितलाई राहत दिन सुदूरपश्चिम सरकारले छुट्यायो १ करोड

१८ कात्तिक २०८० धनगढी । धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाइते भएकोहरुको उपचारका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद बैठकले घाइतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाइते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया र घाइतेहरुको उपचारका लागि चिकित्सक सहित २० जनाको स्वास्थ्य टोली पठाउने जानकारी दिनुभयो । मुख्यमन्त्री शाहका अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *