Main News

प्रदेश सरकारद्वारा भूकम्प पीडितलाई राहत घोषणा

हिमालय टिभी
२०८० कार्तिक १८ गते १३:२१
प्रदेश सरकारद्वारा भूकम्प पीडितलाई राहत घोषणा

१८ कात्तिक २०८० काठमाडौं । प्रदेश सरकारहरुले भूकम्प पीडितहरुलाई आर्थिक र स्वास्थ्य सहयोगको घोषणा गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

यता बागमती प्रदेश सरकारले भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।

यसैबीच नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्थापना लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको जानकारी दिनुभयो ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले भूकम्प पीडितको उद्धार,उपचार र राहतका लागि टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ ।

त्यस्तै केन्द्रीय महामन्त्री डा। मुकुल ढकाल र डा।तोसिमा कार्कीसहित चिकित्सकको दुईवटा टोली उपचारका लागि जाजरकोटतर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *