Main News

भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

हिमालय टिभी
२०८० कार्तिक १७ गते १७:१९
भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

्१७ कात्तिक २०८० काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारको पाँच जनाको मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटकको गुलवर्गा जिल्लाको अवजलपुरको तलकामा ट्रकको ठक्करबाट गएराति उनीहरूको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उहाँकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोरा ५ वर्षीय मिलन नेवार, २ वर्षीय धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको हो । मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपाचर गराइरहेका छन् ।

स–परिवार अस्पतालमा बिरामी भेट्न गएर फर्किएको बेला सडक दुर्घटना भएको हो । रतनले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दिएको हो । नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहीँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *