महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्दै विद्युत प्राधिकरण

१५ कात्तिक २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने सरकारी कार्यालयहरुको लाइन थालेको छ ।
हिजो मात्रै काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन काटेको छ ।
केन्द्रीय कारागारले १ करोड ४६ लाख ६७ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कारागारले लाइन काट्दा रातिको समयमा कैदी भाग्न सक्ने भन्दै छिट्टै भुक्तानी गर्ने प्रतिवबद्धता जनाएर लाइन जोड्न आग्रह गरेपछि प्राधिकारले पछि लाइन जोडिदिएको थियो । तर आज पोखरास्थिति गण्डकी प्रदेशका मन्त्रालयहरुकै लाइन काटिएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समेत लाइन काटिएको छ । प्राधिकरणका अनुसार मन्त्रालयहरुले करिब १ लाख ५३ हजार रुपैयाँ महशुल तिर्न बाँकी थियो ।
यस्तै प्राधिकरणले पोखरास्थित प्रादेशिक कृषि निर्देशनालय, भूमि व्यवस्थापन कार्यालय प्रादेशिक पशुरोग निदान विभाग, फेवाताल जलाधार आयोजना, विजयपुर बेगनास ताल सिँचाइ कार्यालय तथा प्रादेशिक शिक्षा निर्देशनालयको पनि लाइन काटेको छ ।
प्राधिकरणका वितरण विभाग प्रमुख मनोज सिलवाल महसुल नतिर्नेहरुको लाइन काट्ने क्रम तीव्र पारिएको बताउनुभयो ।
प्रतिक्रिया