Main News

काठमाडौंको गोठाटारमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय नागरिक घाइते

हिमालय टिभी
२०८० कार्तिक १५ गते १४:४७
काठमाडौंको गोठाटारमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय नागरिक घाइते

१५ कात्तिक २०८० काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन्।

प्रहरीले चलाएको गोली दाहिने तिघ्रामा लागेर एक भारतीय नागरिक घाइते भएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।

लागुऔषध कारोबारी झापाका अर्घ लिम्बु र भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई हतियारसहित पक्राउ गरिएको हो । गोली लागेका मोहम्मदको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनको साथबाट एक थान पेस्तोल र २ सय ग्राम खैरो हेरोइनसहित तराजु बरामद गरिएको छ ।यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *